जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनसीसी बैंकले पहिलो पटक जारी गर्यो ऋणपत्र, प्रचलित ब्याजभन्दा बढि दिएर ऋणपत्र बिक्रीमा

एनसीसी बैंकले पहिलो पटक जारी गर्यो ऋणपत्र, प्रचलित ब्याजभन्दा बढि दिएर ऋणपत्र बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बजारमा प्रचलितभन्दा बढि ब्याज दरमा आजबाट ऋणपत्र निष्काशन गरेको छ।

बैंकले २०८६ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको हो। यसको ब्याज दर ९.५ प्रतिशत कायम गरेको छ। ऋणपत्र खरीदका लागि १८ गतेसम्म समय तोकिएको छ।

बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। यो भनेको ३० लाख कित्ता हो। बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ।

यसमध्ये १२ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणलाई बिक्री गर्ने छ। यसमध्ये पनि ६० हजार कित्ता सामूहिक लगानी कोषले पाउने छन्। बाँकी १८ लाख कित्ता संघसंस्थाहरुलाई बिक्री गर्ने छ।

एनसीसी बैंकले अहिलेसम्म ऋणपत्र जारी गरेको थिएन। राष्ट्र बैंकको नीतिका कारण ३ अर्ब रुपैयाँको जारी गर्न लागेको हो। ऋणपत्रमा कम्तिमा २५ र बढिमा ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

8340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका