जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेशनल लाइफको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढ्यो

नेशनल लाइफको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढ्यो

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा  कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो आर्जन गत वर्षको यहि अवधिको तुलनामा २.२ प्रतिशतले बढि हो । कम्पनीले गत वर्षको यहि अवधिमा ३१ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अबधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ५० प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढाएर ८ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको छ । विभिन्न क्षेत्रमा लगानी गरेर कम्पनीले १९ प्रतिशतले आम्दानी बढाएको छ । यस्तो आम्दानी २ अर्ब १३ करोड रुपैयाँ छ । गत वर्षको यहि अवधिमा एक अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यहि अवधिमा जारी भएको पोलिसी संख्यामा पनि उल्लेख्य सुधार भएको देखिन्छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ९ लाख १७ हजार ९५० वटा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको अभिकर्ता कमिसन ६५ प्रतिशतले बढेको छ । अभिकर्ता कमिसन बापत ९७ करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।

नाफामा सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि २७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ४० अर्ब २१ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै शेयरधनीको जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी १० प्रतिशतले बढेर तीन अर्ब ३९ करोड रुपैयाँ भएको छ । पूँजीमा सुधार भए अनुसार नाफामा सुधार नहुँदा कम्पनीको प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर १२ रुपैयाँ छ । नेटवर्थ भने १३२ रुपैयाँ छ

8570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका