सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्तिका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाएसँगै यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवैको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ शेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।