जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लाभांश पारितका लागि सिद्धार्थ बैंककले बोलायो साधारण सभा

लाभांश पारितका लागि सिद्धार्थ बैंककले बोलायो साधारण सभा

सिद्धार्थ बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा मंसिर ५ गते गर्ने भएको छ । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले सभा आम्रपाली ब्याक्वेट बालुवाटारमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ । 

सभाले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट  प्रस्तावित चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ । 

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकारको पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका