जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंक Sanima Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

यस अघि माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

6615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?