जोडिनुहोस
आइतवार, चैत्र २३, २०८१
आइतवार, चैत्र २३, २०८१
  • होमपेज
  • मेट लाइफले तीन महिनामा कमायो एक अर्ब ३० करोड बीमा शुल्क

मेट लाइफले तीन महिनामा कमायो एक अर्ब ३० करोड बीमा शुल्क

मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा खुद बीमा शुल्क आर्जन ११.५४ प्रतिशतले बढाएको हो । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले एक अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा भने एक अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । 

चालू आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको दाबी भुक्तानी पनि १९.३ प्रतिशतले बढेको छ । कम्पनीले तीन महिनाको अधविमा मात्रै एक अर्ब ५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ८८ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको थियो । त्यस्तै कम्पनीको मुनाफामा भने १०.५७ प्रतिशतले गिरावट आएको छ । कम्पनीको आम्दानीमा गिरावट सँगै मुनाफा ६ करोड ७५ लाख रुपैयाँमा सिमित भएको हो । 

कम्पनीको जीवन बीमा कोष पनि यस वर्ष ७.५७ प्रतिशतले बृद्धि भएर १९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा २ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ ।  

5380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका