जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • जगदम्बा मोटर्सको ‘कनेक्ट टु लभ योजना

जगदम्बा मोटर्सको ‘कनेक्ट टु लभ योजना

टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा बढी रुचाइएका स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आएको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीले जनाएको छ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ। योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ। लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत प्रशारण हुने बताइएको छ।

योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागू हुने बताइएको छ।

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?