जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गर्नुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उहाँलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ ।

यसअघि पनि उहाँले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसक्नुभएको छ । ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुनुहुन्छ ।
भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गर्नुभएको थियो ।

5790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?