जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा केन्द्रबीच मिनी ग्रिड इनर्जी प्रोजेक्टका लागि ऋण सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा केन्द्रबीच मिनी ग्रिड इनर्जी प्रोजेक्टका लागि ऋण सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरु निर्माण गर्न ऋण सम्झौता भएको छ।
सम्झौता अनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच ‘प्राइभेट सेक्टर लिड मिन ग्रिड इनर्जी प्रोजेक्ट’ सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ।

यो रकम ग्लोबल आइएमई बैंकले १०० किलोवाट सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने छ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एव्म बैंकका अन्य उच्च पदस्त कर्मचारीहरुको उपस्थिति रहेका थियो।

बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौताअन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ सुविधा प्रदान गर्ने छ।

6425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका