जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा रहेको केन्द्रिय कार्यालय १५ करोड रुपैयाँमा बिक्री

एभरेष्ट इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा रहेको केन्द्रिय कार्यालय १५ करोड रुपैयाँमा बिक्री

एभरेष्ट इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा रहेको केन्द्रिय कार्यालय १५ करोड रुपैयाँमा बिक्री गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. १ हात्तीसारमा रहेको भवनमा आफ्नो स्वामित्व जति बिक्री गरेको हो । कम्पनीले गत बैशाखमा बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । एभरेष्ट इन्स्योरेन्सको नाममा रहेको उक्त सम्पत्ती लक्ष्मी बैंकले खरिद गरेको हो । लक्ष्मी बैंकले आज नेप्सेलाई उक्त भवन खरिद गरेको जानकारी दिएको छ ।

संयुक्त लगानीमा रहेको उक्त भवन ८ वटा कित्तामा छ । ६ वटा कित्ता ६४७७.०३ वर्ग फिट अर्थात १८ आना ३ पैसा जति जग्गा छ । जस मध्ये कम्पनीको हिस्सा १४१० वर्ग फिट अर्थात ४ आना जति रहेको थियो । त्यस्तै अर्को २ कित्तामा रहेको १०६०९.७५ वर्ग फिट मध्ये कम्पनीको नाममा २३१०.८० फिट थियो । यस अन्तर्गत ३१ आना मध्ये ६.७४ आना कम्पनीको हक भित्र रहेको थियो ।\

यहि जग्गामा निर्माण भएको भवनको दोस्रो तल्ला कम्पनीको नाममा रहेको थियो । दोस्रो तल्लाको क्षेत्रफल अन्दाजी ६९४० वर्ग फिट रहेको कम्पनीले जनाएको छ । यहि क्षेत्रफल बिक्रीका लागि कम्पनीले बोलकबोल लिलाम आह्वान गरेको थियो ।

हिमालयन जनरल इन्योरेन्स कम्पनी सँग मर्जरको संझौता गरे लगत्तै उक्त घर बिक्रीका लागि राखिएको थियो । हिमालयनको आफ्नै भवन भएकाले पनि आपसी सहमतिमा एभरेष्टको उक्त जग्गा तथा घर बिक्री गरिएको हो ।

4790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका