जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नौ दिनमा बाणिज्य बैंकहरुको निक्षेप ८४ अर्ब रुपैयाँले घटिसक्यो

नौ दिनमा बाणिज्य बैंकहरुको निक्षेप ८४ अर्ब रुपैयाँले घटिसक्यो

साउन लागेदेखि बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ। साउनयता बाणिज्य बैंकहरुको कुल निक्षेप ८४ अर्ब रुपैयाँले घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत सोमबारसम्मको तथ्यांक अनुसार, निक्षेपसँगै ऋण पनि घटिरहेको छ। जबकी पोहोर यतिबेला निक्षेप घटेपनि ऋणमा उच्च बृद्धि थियो। ऋण १७ अर्ब रुपैयाँले घटिसकेको छ।

यद्यपी यसपाली सुरुवातबाटै राष्ट्र बैंकले ऋण बिस्तारमा कडाइ गरेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार एक दिनमै पनि निक्षेपमा उच्च गिरावट छ। आइतबारको तुलनामा सोमबार निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ भने ऋण स्थिर छ।

असार मसान्तमा बैंकहरुसँग कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो भने ऋण ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो। साउनको ९ गते (गत सोमबार) सम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ५७ अर्बमा आएको छ। असार मसान्तका दिन बैंकहरुसँग कुल ऋण ४१ खर्ब ७५ अर्ब रुपैया थियो। अहिले ऋण पनि ४१ खर्ब ५८ अर्बमा झरेको छ।

4615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका