जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन माछापुच्छ्रे बैंकको ‘भिसा डाइरेक्ट’ सेवा

अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन माछापुच्छ्रे बैंकको ‘भिसा डाइरेक्ट’ सेवा

माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यले भिसा इन्टरनेशनलसँगको सहकार्य गरेको छ। यसमार्फत बैंकले भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ। नयाँ सेवामार्फत विदेशबाट बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

यो सेवामार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछ।

स्वदेश र विदेशबाट सरल, सहज र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ।

5040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्