जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • ५ वटा फाइनान्स कम्पनीले घोषणा गरे लाभांश

५ वटा फाइनान्स कम्पनीले घोषणा गरे लाभांश

आर्थिक वर्ष २०७८/ ७९ को लागि नेप्सेमा सूचिकृत फाइनान्स कम्पनीहरुमध्ये हालसम्म ५ वटा फाइनान्स कम्पनीहरुले मात्र लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यस वर्ष सूचिकृत कम्पनीहरुले लाभांश घोषणामा भने ठिलाई गर्दै आएका छन् । अहिलेसम्म गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

यी बाहेक कतिपय कम्पनीहरुले लाभांश घोषणा गर्ने योजनामा रहेका छन् भने केही कम्पनीहरुले भने लाभांश वितरण नगर्ने जनाएका छन् । लाभांश घोषणा गरेका ५ कम्पनीहरुमध्ये सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीले कुल १० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ५ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश दिने जनाएको छ ।

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत वर्षको नाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश दिने भएको छ जसमध्ये ७ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशमलव ३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने जनाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले कुल ७ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये २ दशमलव ४ प्रतिशत बोनश शेयर दिने जनाएको छ भने ५ दशमलव २ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

त्यसैगरी पोखरा फाइनान्सले यस वर्ष आफ्ना शेयरधनीलाई कुल ४ दशमलव २१ प्रतिशत मात्र लाभांश दिने भएको छ जसमध्ये ४ प्रतिशत बोनश शेयर दिने भएको हो भने कर प्रयोजनका लागि ० दशमलव २१ प्रतिशत नगद लभांश वितरण गर्ने जनाएको छ ।

गत वर्षको नाफाबाट शेयरधनीलाई सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ जसमध्ये कम्पनीले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत नै नगद लाभांश मात्र वितरण गर्ने जनाएको छ ।

बुक क्लोज
लाभांश घोषणा गरेका यी ५ कम्पनीहरुमध्ये सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सले बुक क्लोज मिति तय गरिसकेका छन् । भने गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले भने बुक क्लोजको मिति तय गर्न बाँकी रहेको छ । जसको आधारमा अब सेन्ट्रल फाइनान्सले साधारणसभा प्रयोजनको लागि पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १५ गते तमु ल्योसार रपुस १६ गते सनिवार भएको हुँदा पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

त्यस्तै, साधारण सभा प्रयोजनार्थका लागि पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सले पुस १९ गते बुक क्लोज गर्दैछ । यसर्थ पुष १८ गतेसम्म कायम शेयधरनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

2545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?