प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले प्रभु र सेन्चुरी बैंकबीचको मर्जर नेपाली बैंकिङ क्षेत्रमा ऐतिहासिक भएको बताएका छन् । मंगलबार प्रभु र सेन्चुरी बैंकबीचको एकिकृत कारोबार सुरुवात गर्न गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले मर्जरपछि सेयरधनीलाई अधिकतम प्रतिफल दिने प्रयास गर्ने बताए । ‘मेरो नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउने छु, अधिकतम प्रतिफल सेयरधनिलाई दिने प्रयास हुनेछ,’ उनले भने ।
दुई बैंक मर्जर भएपछि ३ हजार ५०० कर्मचारीको परिवार बनेको सीइओ सेरचनले जानकारी दिए । यस्तै, उनले आजदेखि ग्राहकले नयाँ स्वाद पाउने पनि बताए । ‘राष्ट्र बैंकको प्रतिस्पर्धात्मक निति अनुसार हामीहरु जहिले पनि अग्रसर रहेका छौं, ग्राहक, सेयरधनी लगायत सबैले कुनै प्रश्न नराख्ने गरि काम गर्ने छौ,’ उनले भने ।