जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • माछापुछ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

माछापुछ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

माछापुछ्रे बैंकले विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्ककेट वितरण गरेको छ। बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थित सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो।

बैंकले सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो ।

यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ ।

बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको थियो । माछापुछ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

3485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका