जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • हिरोले ल्यायो नयाँ मोडलको स्कुटर ‘जुम’, नयाँ फिचरसहित पाँच रंगमा उपलब्ध

हिरोले ल्यायो नयाँ मोडलको स्कुटर ‘जुम’, नयाँ फिचरसहित पाँच रंगमा उपलब्ध

हिरो मोटोकर्पले नयाँ मोडलको स्कुटर ‘जुम’ भारतमा सार्वजनिक गरेको छ। यो मोडलको स्कुटर निर्माण गर्न कम्पनीले लामो समय डिजाइन र प्रविधिक रुपमा अध्ययन गरिएको थियो। यो मोडलले हिरोलाई स्कुटरको बजारमा पनि अरु ब्रान्डसँग प्रतिस्पर्धा गर्न सहज हुने कम्पनीको भनाइ छ।

यसमा सबैभन्दा राम्रो फिचर भनेको कर्नरिङ लाइट हो जुन अहिले भएका अन्य ब्रान्डका स्कुटरहरुमा जडान भएका छैनन्। यो प्रविधिको लाइटले रातको समयमा स्कुटरमा यात्रा गर्दा सडकको दायाँ र बायाँ पनि उज्यालो बनाउँछ। यो लाइटको सुविधा कम्पनीले यसको टप भेरिएन्ट जेडएसमा मात्र उपलब्ध रहेको जनाएको छ।

सो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड एफआई इन्जिन जडान गरिएको छ। जसले ८.०५ बीएचपीको पावर र ८.७ एनएमको टर्क उत्पादन गर्छ। यो स्कुटर ५ वटा कलर विकल्पमा बजारमा उपलब्ध हुनेछ।

साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी र १२ इन्चको अलोय ह्विल छ। स्कुटरमा अग्लो र चौडा टायर दिइएको छ। यो स्कुटरमा पेट्रोल कम हुँदा लो फ्युल इन्डिकेटरसहित फोन चार्जको लागि युएसबी पोर्ट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

जुममा एलईडी हेडलाइट र एक्स आकारको एलईडी डेटाइम रनिङ लाइट उपलब्ध छ।

3375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?