जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफामा उच्च सुधार

माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफामा उच्च सुधार

ऋण लगानीसँगै स्प्रेड दर घट्दासमेत माछापुच्छ्रे बैंकले नाफामा राम्रो सुधार गरेको छ। बैंकको खराब ऋण बढ्दै गर्दा खुद नाफा करिब १० प्रतिशतले बढाएको छ।

बैंकको खुद नाफा एक अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। बैंकको वितरणयोग्य नाफामा उच्च सुधार छ। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले बढेको जनाएको छ।

बैंकको कुल वितरणयोग्य नाफा एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ छ। पोहोर ५९ करोड ७२ लाख रुपैयाँ मात्र थियो।

बैंकको खुदा ब्याज आम्दानी साढे १० प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ। जबकी ऋण लगानी १.६३ प्रतिशतले घटेर एक खर्ब २६ अर्बमा सीमित भएको छ। बैंकको निक्षेप ६.३१ प्रतिशतले बढेर एक खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको खराब ऋण अनुपात १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ। स्प्रेड दर ४.३३ बाट ३.९५ प्रतिशतमा झारेको छ। आधार दर ९.८६ प्रतिशतबाट १०.७४ प्रतिशत पुगेको छ।

3690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर