जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक

नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले असोज महिनामा कम्पनीले तोकेको टार्गेट पुरा गरेमा नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने भएका छन्।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को असोज महिनाको अभिकर्ता प्रोत्साहन योजनामा अभिकर्ताले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले दिएको टार्गेट पूरा गरेमा ती सुविधाहरु प्राप्त गर्नेछन्। कम्पनीका अनुसार प्रथम बीमाशुल्क आर्जनका आधारमा मात्रै अभिकर्ताहरुले नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रेनरबाट तालिम पाउनेछन्।

अभिकर्ताले असोज महिनाभरि १० हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेमा नेपाल लाइफको ब्याग प्राप्त गर्नेछन्। यस्तो इन्सेन्टिभ नियमअनुसार पाउने कमिसनबाहेकको हो।

त्यस्तै, ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफको ब्याग प्लस डायरी तथा १ लाख रुपैयाँ प्रिमियम भित्र्याउने अभिकर्ताले नेपाल लाइफको ब्याग, डायरी र मोटिभेसनल ट्रेनिङ प्राप्त गर्नेछन्।

यसका साथै १ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्ने अभिकर्ताले ब्याग, डायरी र ट्रेनिङ प्लस ५०० रुपैयाँ कमिसन पाउनेछन्।

त्यस्तै, २ लाख रुपैयाँ प्रिमियम भित्र्याउनेले सबै सुविधासहित थप १ हजार रुपैयाँ कमिसन र २ लाख ५० हजार रुपैयाँ प्रिमियम कलेक्सन गर्नेले सबै सुविधासहित थप १ हजार ५०० रुपैयाँ कमिसन पाउनेछन्।

त्यस्तै, २ लाख ५० हजार रुपैयाँदेखि माथि प्रत्येक थप ५० हजार रुपैयाँ बीमाशुल्कमा ५०० रुपैयाँ इन्सेन्टिभ थप हुने कम्पनीले जनाएको छ। साथै, यस योजनामा संस्थागत अभिकर्तालाई भने समावेश नगराइने कम्पनीले जनाएको छ।

यस योजनामा सुनौलो भविष्य जीवन बीमा योजनामा २० प्रतिशत र योबाहेकका अन्य एकल बीमाहरुको हकमा ३० प्रतिशत गणना हुनेछ। साथै, सुनौलो भविष्य बीमा योजनाको रेगुलर प्रिमियम अपसन १ को भार ६० प्रतिशत हुने कम्पनीले जनाएको छ।

यसैगरी अन्तर्राष्ट्रिय ट्रेनरबाट पाउने मोटिभेसनल ट्रेनिङ १ दिनको मात्रै हुने र प्रादेशिक स्तरमा हुने कम्पनीले जनाएको छ।

त्यस्तै, कुनै व्यक्ति अभिकर्ता, व्यवसाय संयोजक तथा एजेन्सी म्यानेजरतर्फको टिम बिजनेसमा योग्य भएमा कुनै एकमा मात्रै योग्य भएको मानिनेछ। यसका साथै योग्य भएका अभिकर्ताहरु प्रादेशिकस्तरमा हुने उक्त तालिममा सहभागी नभए कुनै पनि नगद प्रदान नगरिने कम्पनीले जनाएको छ।

यस्तैै, आफू तथा आफू मातहतका ५ जना अभिकर्तालाई मोटिभेसनल ट्रेनिङमा योग्य गराएको खण्डमा वा एजेन्सी म्यानेजर टिम बिजनेसबाट १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क उपलब्ध गराएमा उक्त तालिममा सहभागी हुन योग्य ठहरिने कम्पनीले जनाएको छ।

अभिकर्तालाई थप प्रोत्साहन गर्न अभिकर्ता प्रोत्साहन योजना ल्याएको कम्पनीले जनाएको छ। यस योजनामार्फत व्यवसाय विस्तारमा टेवा पुग्ने कम्पनीको अपेक्षा छ।

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका