जोडिनुहोस
सोमवार, मंसिर ३०, २०८२
सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

उक्त समयावधिसम्म कुनै निवेदन पेस हुन नआएमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ।

3655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका