जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मौद्रिक समीक्षामा घोषणा गरिएका व्यवस्थाबारे राष्ट्र बैंकको निर्देशन जारी, के-के भयो संशोधन?

मौद्रिक समीक्षामा घोषणा गरिएका व्यवस्थाबारे राष्ट्र बैंकको निर्देशन जारी, के-के भयो संशोधन?

५० लाख रुपैयाँसम्मको आवास कर्जाका लागि ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्‍याइएको छ। राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै ५० प्रतिशतको अनुपातलाई ६० प्रतिशत पुर्‍याएको हो।

यसबाट बैंकबाट पैसा लिन ऋणीलाई अलिक सजिलो हुन्छ। मानौं मासिक किस्ता २० हजार रुपैयाँ थियो भने आम्दानी ४० हजार रुपैयाँ हुनु पर्ने थियो। अब ४० हजार आम्दानीले २४ हजार रुपैयाँसम्म किस्ता तिर्न सकिन्छ।

यसअघिको व्यवस्थाले आम्दानी देखाउने अन्य कागज पत्र बनाउनु पर्ने थियो।

राष्ट्र बैंकले ऋणपत्र गणना गर्न पनि लचकता अपनाएको छ। मौद्रिक समीक्षामा घोषणा गरेजस्तै उसले आइतबार निर्देशन जारी गरेर २०८० पुस मसान्तसम्म शत प्रतिशत र त्यसपछि २०८१ असार मसान्तसम्म त्यो ऋणपत्रको ५० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाइने छ।

राष्ट्र बैंकले बैंक दर र नीतिगत दरहरु पनि परिवर्तन गरिदिएको छ। बैंक दर ७, निक्षेप संकलन दर ३ र रिपो दर ५.५ प्रतिशत कायम गरिदिएको छ।

यसका साथै रियलस्टेट र सेयर धितो कर्जाको जोखिम भारित सम्पत्ति १२५ प्रतिशत कायम गरिएको छ।

3615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका