जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • रमेश श्रेष्ठ प्रभु बैंकको सहायक महाप्रबन्धकमा बढुवा

रमेश श्रेष्ठ प्रभु बैंकको सहायक महाप्रबन्धकमा बढुवा

रमेश श्रेष्ठ प्रभु बैंकको सहायक महाप्रबन्धकमा बढुवा भएका छन् । सफल बैंकर श्रेष्ठ यस अघि प्रभु बैंकको प्रमुख प्रबन्धक रहेका थिए । श्रेष्ठको कुशल कार्य सम्पादनको आधारमा बैंकले सहायक महाप्रबन्धकमा बढुवा गरेको हो ।

श्रेष्ठ पहिला सेन्चुरी क्यापिटलका सिईओ समेत हुन् । प्रभु बैंकसँग सेन्चुरी बैंक मर्ज भएपछि श्रेष्ठलाई प्रभु बैंकले प्रमुख प्रबन्धकको जिम्मेवारी दिएको थियो । श्रेष्ठको बैंकिङ क्षेत्रममा दुई दशक भन्दा लामो अनुभव रहेको छ । श्रेष्ठ बैकिङ क्षेत्रमा कुशल व्यवस्थापन र कार्यसम्पादनमा अब्बल बैकरको रुपमा चिरपरिचित छन् । श्रेष्ठ सेयरधनीको बीचमा समेत लोकप्रिय छन् ।

505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका