जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • चालुपुँजी कर्जाः भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउनबाट लागू हुने

चालुपुँजी कर्जाः भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउनबाट लागू हुने

नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भेरियन्ससम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै भेरियन्ससम्बन्धी व्यवस्थामा लचकता अपनाएको हो।

‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालुपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेरमात्र नवीकरण गर्न पाइने व्यवस्था रहेको छ। मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ। संशोधिन निर्देशनमा भने ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्ससम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदखि मात्र लागू हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै