जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द

वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द

१० वटा वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द भएको छ । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको कार्य रद्द गरिएको जानकारी गराएको हो। यसअघि राष्ट्र बैंकले ‘लोन पोर्टफोलियो रिभ्यु’अन्तर्गतती वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले राखेको सर्तबमोजिम केन्द्रीय बैंकले ती वाणिज्य बैंकको विदेशी लेखापरीक्षकबाट अडिट गर्ने प्रक्रिया अगाडि बढाएको थियो। आईएमएफले विभिन्न सर्त राखेर नेपालमा ३६ महिने नेपालमा सुधारको कार्यक्रम गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत ती वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षण गर्न आईएमएफको एउटा सर्त रहेको थियो।

उक्त कार्यक्रमअन्तर्गत आईएमएफले विभिन्न किस्ता ऋण उपलब्ध गराउँदै आएको छ। ती वाणिज्य बैंकको बाह्य लेखापरीक्षण नगरिए ऋण रोक्ने आईएमएफको अडान थियो।

राष्ट्र बैंक स्रोतका अनुसार कर्जा प्रवाह, चुक्तापुँजी, मुनाफालगायतको वित्तीय सूचक आधारमा प्रभु, लक्ष्मी सनराइज, एनएमबि, ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न लागिएको थियो।

1910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका