समाचार
आइएमई मोटर्स र रिलायन्स फाइनान्सको सम्झौताले गाडी किन्दा ७०% सम्मको फाइनान्सिङ सुविधा

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै, ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ, रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र केसी साथै आइएमई मोटर्सको तर्फबाट सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक-केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता व्यक्त गरिएको छ । यससँगै ग्राहकहरूलाई सवारी साधन खरिद गर्न सहज र पहुँचयोग्य फाइनान्सिङको सुविधा उपलब्ध गराइएको छ ।
सम्झौताअनुसार ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको कुल मूल्यको ७० प्रतिशतसम्मको फाइनान्सिङ प्राप्त गर्न सक्नेछन् । यस्तै दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासँगै सुलभ र प्रभावकारी फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ ।
साथै सम्झौताबाट ग्राहकहरुलाई सवारी साधनको स्वामित्वमा सहज पहुँच पुर्याउनुका साथै अटोमोबाइल क्षेत्रको विकासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिङ सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन्। रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिङ सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकता पूरा गर्न आफूहरु तयार रहेको बताएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































