जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनाईटेड इन्स्योरेन्सका कामु सिईओ भट्टराईको विदाई

युनाईटेड इन्स्योरेन्सका कामु सिईओ भट्टराईको विदाई

युनाईटेड इन्स्योरेन्सका कामु सिईओ रमेश कुमार भट्टराईलाई आज विदाई गरिएको छ । करारमा नियुक्त भएका भट्टराईलाई व्यवस्थापनले सम्झौता नविकरण नगरेपछि आज विदाई गरिएको युनाईटेड इन्स्योरेन्सका एक कर्मचारीले बताए ।

चौधरी ग्रुप र एनई ग्रुपको लगानी रहेको युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्तीको लागि बीमा समितिमा फाईल पेश गरिएको भएपनि स्वीकृत भएको छैन । भट्टराईले साढे दुई वर्ष कामु सिईओको भूमिका निर्वाह गरेर आज कम्पनीबाट विदा भएका हुन् ।

२०७२ सालमा युनाईटेड इन्स्योरेन्सको सिईओ बनेका शेखर बरालले २०७५ साल जेठ ३१ गते राजिनामा दिएपछि डेपुटी सिईओ भट्टराईले नै कम्पनी चलाउँदै आएका थिए ।

8375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका