जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनआईसी एसिया बैंकले झापाका दुई सामुदायिक विद्यालयमा बनाइदियो पुस्तकालय भवन

एनआईसी एसिया बैंकले झापाका दुई सामुदायिक विद्यालयमा बनाइदियो पुस्तकालय भवन

एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई वटा सामुदायिक विद्यालयलाई पुस्तकालय भवन बनाइदिएको छ। बैंकले झापाको बुद्धशान्ती गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयलाई पुस्तकालय भवन बनाइदिएको हो।

दुवै विद्यालयलाई बैंकले पुस्तकालय भवन हस्तान्तरण गरेको छ। दुई विद्यालयमा निर्माण गरिएका पुस्तकालयबाट २५०० भन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन्।

बैंकले यसअघि कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय, सिराहाको भगवानपुर गाउँपालिका–१ स्थित बाला सुन्दरी माध्यमिक विद्यालय, पर्साको वीरगंज महानगरपालिका–१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालय, तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालय, रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित पब्लिक सेकेन्डरी स्कुल र चितवनको राप्ती नगरपालिका–७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण गरेको थियो।

बैंकले पुस्तकालय भवन निर्माणमा २ करोड ५ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ।

2285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?