जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा साढे २० लाखको बीमा दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सद्वारा साढे २० लाखको बीमा दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले रामपुर नगरपालिका १० स्वामीभनझ्याङ पाल्पाका स्व. शंकर घर्ती मगरको निधनपछि उनको परिवारलाई बीमा दाबी अन्तर्गत २० लाख ५५ हजार रुपैयाँको रकम हस्तान्तरण गरेको हो ।

घर्ती मगरले २०८० साल भदौ २६ गते ‘सुनौलो भविष्य सावधिक जीवन बीमा’ योजना अन्तर्गत १० लाख रुपैयाँको बीमाङ्क गरेको थिए। उनको २०८१ साल भदौ १३ गते असमायिक निधन भएको थियो।

बीमालेख अनुसार बीमाङ्कको रूपमा १० लाख, दुर्घटना बीमा अन्तर्गत थप १० लाख र बीमालेख चालू अवस्थामा रहेको ११ महिनाको बोनस ५५ हजार सहित एकमुष्ट २० लाख ५५ हजार रुपैयाँ उनकी श्रीमती रमीसरा घर्ती मगरलाई हस्तान्तरण गरिएको हो।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्