जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो

प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो

 प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  

बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३.१६ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ६१ करोड ३२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ३.४४ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  

बैंकले कर्मचारीका लागि १ अर्ब ८ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि ४९ करोड ६६ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड रुपैयाँबराबर थियो । बैंकको रिजर्भको आकार २०.६१ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफामा व्यापक गिरावट आएको छ । अघिल्लो आवको प्रथम त्रैमाससमम ३२ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ३ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमता दर ०.५९ प्रतिशत रहेको छ ।  

बैंकको खराब कर्जा अनुपात ४.९४ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र तरलता अनुपात ३४.५६ प्रतिशत कायम भएको छ ।  

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका