जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीमा छुट

कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीमा छुट

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई भर्ना तथा बहिरङ्ग/ओपीडी सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको छ ।


1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?