जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • गभर्नर पौडेलद्धारा बैंकसँग भएका स्किम छानेर व्यबसाय संचालन गर्न सर्बसाधारणलाई आग्रह

गभर्नर पौडेलद्धारा बैंकसँग भएका स्किम छानेर व्यबसाय संचालन गर्न सर्बसाधारणलाई आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकवित्तसँग भएका विभिन्न स्किमहरुमध्ये उपयुक्त स्किम छानेर व्यबसायमा लगानी गर्न सर्बसाधारणलाई आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले दिक्तेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नर पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा लगानी गर्नुपर्ने कुरामा जोड दिए । उनले पछाडि परेका समुदायलाई बैंकको स्किमहरूका बारे जानकारी गराएर पुँजीमा पहुँच बढाउनुपर्ने उल्लेख गरे ।

आम नागरिकको जीवनस्तर बढाउनु पर्ने खाँचो औल्याउँदै पौडेलले पछाडि परेका समुदायको आर्थिक अवस्था माथि उकास्न सबैले पष्हल गर्नुपर्ने बताए । बैंकवित्तसँग धेरै खालको स्किम भएकाले आफूले चाहेअनुसारको स्किम छानेर व्यवसाय गर्न सर्बसाधारणलाई अनुरोध गरे । उनले हरेक नागरिकको पुँजीमा पहुँच विस्तार गरिनुपर्नेमा पनि जोड दिए ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्