जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • केन्द्रीय बैंकले तयार पारेको एआई बैंकिङ मस्यौदामा के छ ?

केन्द्रीय बैंकले तयार पारेको एआई बैंकिङ मस्यौदामा के छ ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तयार पारेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पछि बेंकवित्तमा के कस्तो प्रभाव पर्दछ ? यतिबेला यो विषय रोचक बनेको छ । एआईलाई केन्द्रीय बैंकले परिपत्रमार्फत संचालनमा ल्याउने भएको छ । यसको जिम्मेवार प्रयोगलाई कार्यान्वयन गर्न एआईको मस्यौदा तयार गरिएको हो । मार्गदर्शनले क्षमता विकास गर्नुपर्ने बोर्ड सदस्यहरू, वरिष्ठ व्यवस्थापन र कर्मचारीहरूलाई एआईसँग सम्बन्धित जोखिमबारे प्रशिक्षित गर्न र एआईका लागि ग्राहकको डाटा प्रयोग गर्नुअघि स्पष्ट सहमति लिनुपर्ने जस्ता महत्वपूर्ण प्रावधानहरूमा जोड दिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमै प्रविधि द्रुत गतिमा अगाडि बढिरहेका कारण यसले वित्तीय संस्थाहरूको कार्यशैलीलाई परिवर्तन गर्ने क्षमता राख्दछ । यूरोपका धेरै देशहरुले बैंकवित्तमा एआइएलाई प्रयोगमा ल्याएका छन् । उक्त मार्गदर्शनले बैंकिङ कारोबारमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनसहित विभिन्न क्षेत्रमा एआईको प्रयोग समेट्ने छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता एआई प्रयोगको लागि बाटो खोल्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले मार्गदर्शनको मस्यौदा तयार गरेको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस १५ गते भित्र मस्यौदामाथि सुझाप पेश गर्न भनेको छ । केन्द्रीय बैंकले मस्यौदा सार्वजनिक गरेर सुझाव मागेको हो ।

एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगलाई प्रोत्साहन दिन नयाँ मार्गदर्शन बनाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । यसरी अघि सारीएको मार्गदर्शनले एआईको प्रयोगबाट वित्तीय संस्थाहरूलाई फाइदा पुग्ने र व्यबस्थीत गर्न सहयोग हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई एआई प्रविधिको प्रयोगमा दिशानिर्देशन गरेर अघि बढाउनु मार्गदर्शनको मुख्य उद्देश्य रहेको छ । डाटा गोपनीयता र भेदभावरहित परिणामहरू सुनिश्चित गर्नका लागि पनि एआईको प्रयोग सहज हुने छ । साइबर जोखिमहरूको न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त संरचना स्थापना गर्न बाटो खुल्नुका साथै एआईबाट सञ्चालन, नैतिक, प्रणालीगत, मोडेल लगायतका विषयमा कार्य सम्पादन हुने अपेक्षा गरिएको छ ।

यसले प्रतिस्पर्धी र समावेशी वित्तीय क्षेत्र निर्माण गर्दै सबै जनसंख्यालाई पहुँचयोग्य र सस्तो वित्तीय सेवा प्रदान गर्न एआईको प्रयोगलाई प्रोत्साहन दिन्छ। मार्गदर्शन लागु भएपछि राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरूले एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्ने छन् । यसमा क्रेडिट स्कोरिङ, ठगी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन जस्ता अनुप्रयोगहरू समावेश छन्। एआईले ग्राहकहरूको ऋण योग्यता मूल्यांकन गर्न, ठगीजन्य गतिविधिहरू पहिचान गर्न वा स्वचालित च्याट मार्फत ग्राहक सहायता प्रदान गर्न सहयोग गर्ने छ । यस्ता प्रयोगहरूले संस्थाको दक्षता र क्षमता बढाउन सहयोगि हुने छ । ततपश्चात एआई प्रणालीको नतिजा र निर्णयलाई संचालक समिति र व्यबबस्थापन पक्षले वहन गर्नुपर्ने छ । एआई प्रणालीहरूलाई उच्च जोखिम वा न्युनजोखिम भनेर वर्गीकरण गरेपछि सहज हुने छ । डाटा गुणस्तर, साइबर सुरक्षा र नैतिक प्रयोगमा विशेष ध्यान दिइने जनाइएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?