जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सको ६ नयाँ शाखा सञ्चालनमा

रिलायन्स लाइफ इन्स्योरेन्सको ६ नयाँ शाखा सञ्चालनमा

रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ ६ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले इटहरी, विराटनगर, धरान, दमक इलाम, र बिर्तामोडमा गरी ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

कम्पनीका सञ्चालक भरत कुमार तोदीका साथमा इटहरी शाखाको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीस विराटनगर शाखाको प्रदेश नं १ का सांसद माननीय अमन लाल मोदी र धरान शाखाको प्रदेश नं १ का उपसभामुख श्रीमती सरस्वती पोखरेलले उद्घाटन गरेका थिए ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थित रहेको थिए ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेल साथै दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले दमक शाखाको उद्घाटन गरेका हुन् ।

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा इलाम शाखाको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले गरेका थिए ।

7895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?