जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जनता बैंकका बैंकरले किन दिए राजिनामा

जनता बैंकका बैंकरले किन दिए राजिनामा

आम बैंकिङ क्षेत्रमा चासो र चर्चा जनता बैंकको कर्मचारी विदाईले फेरि पाएको छ । विभिन्न सञ्चार माध्याममा आएको समाचार हेर्दा साच्चै नै विवाद भएर काम गर्न नसके पछि तीन डिपुटी सीइओ र केही उच्च तहका कर्मचारीहरुले राजिनामा दिएका हुन् जस्तो देखिए पनि त्यो सत्य होइन । सत्य फरक छ । पृथक छ जनता बैंकसंग केही विकास बैंक गाभिदा बैंकले स्वइच्छा अवकास लिने कर्मचारीहरुका लागि सुविधाको स्किम नै दिएको थियो ।

त्यही सुविधाको स्क्रिमलाई टेकेर जनता बैंकका तीन डिपुटी सीइओ र केही कर्मचारीले राजीनामा दिएको खुलेको छ । तीन जना डिपुटी सीइओ अजय मिश्र, सागर घिमिरे र पृथ्वी श्रेष्ठले दिएको राजीनामा गत शुक्रबार नै स्वीकृत भएको एक संचालकले राजतिलक साप्ताहिकसँग बताए । राजीनामा आगामी बैशाख १ गतेबाट लागु हुने गरि स्वीकृत भएको खुलेको छ ।
केही कर्मचरी र तीनजना डिपुटी सीइओले राजीनामा दिएपछि बैंकले एकजना डिपुटी सीइओ नियुक्त गर्ने प्रक्रिया समेत सुरु गरेको ती संचालकले राजतिलक साप्ताहिकसँग बताए ।

जनताको पैसाबाट चर्को सेवा सुविधा लिएर विदावारी भएका तीन जना जनता बैंकका डिपुटी बैंकका सीइओहरुले कामगर्ने वातावरण भएपनि किन दिए त राजिनामा भन्ने प्रश्नमा सीइओ पर्शुराम कुँवर क्षेत्रीले भनेः– मर्जरको बेला गरिएको स्वइच्छाले बैंक छाड्दा कर्मचारीहरुलाई सेवा सुविधाको स्किम थियो त्यही लिएर तीन डिपुटी सीइओहरुले राजीनामा दिनु भएको थियो । त्यो स्वीकृत पनि भएको छ । उनीले थपे बैंकिङ्ग क्षेत्रमा यो सामान्य घटना हो । यसलाई बढाएर बैंकलाई बदनाम गराउँनु नै पत्रकारिताको धर्म हो जस्तो मलाई लागेको छैन । बैंकमा आउने जाने प्रक्रिया चलिरहन्छ ।

जनता बैंक लिमिटेडमा पूराना बैंकर पर्शुराम कुँवर क्षेत्रीका सीइओ भएपछि बैंक सबै सेवा जस्तो स्मार्ट मोबाइल बैकिङ्ग, स्मार्ट डेविट कार्ड लगायतलाई अत्याधुनिक बनाउँदै जनता बैंक जनताकै बैंक बनाएका छन् । बैंकका सबै सूचक अब्बल र सबल छन् । बैंक एउटा सिस्टममा चल्ने व्यवसाय भएकाले कसैले छाड्दैमा केही फरक पर्दैन तर उल्टो सुल्टो बनाएर पत्रकारिता गर्ने केही अनलाईनका पत्रकारले बुझे हुन्छ अब कुनै पनि वाणिज्य बैंक लेखेर डराउने वाला छैनन् । उनीहरुले बैंकलाई सिस्टममा हालेका । लगानीकर्तालाई केही न केही प्रतिफल दिएकै छन् । एक बैंकरले बताए ।

एउटा सानो कुरालाई बढाई चढाई लेख्ने र बैंकका मार्केटिङ्ग प्रमुखलाई धम्काउने विज्ञापन नदिए बैंकको धज्जी उडाउने गरि लेख्ने भनी धम्की दिने एक अनलाइनका पत्रकारले बुझेहुन्छ । अब धम्काउने दिन गए । धम्की दिएर ब्यापार माग्ने दिन पनि गए । नेपालको व्यवसायमा सबै भन्दा पारर्दशी व्यवसाय बैंक र वित्तिय क्षेत्र हो । उसका सबै सूचना उसको बेवसाईटमै राखिन्छन् । तर, नेपाली पत्रकारिताका अल्लारे केही आर्थिक पत्रकार भनौदाहरुले बैंकका सीइओहरुलाई धम्काउने र मार्केटिङ्गलाई तर्साउने कार्य अब बन्द गरे हुन्छ । विभिन्न पार्टीको नाता र उसको संगठनको व्यक्ति भनी बैंकर धम्काउने विरुद्ध प्रेस काउन्सील नेपालमा उजुरी दिन अब बैंकर पछि पर्नु हुँदैन एक पुराना बैंकरले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकसंग बताए ।

उनीले थपेः– जनताको पैसाबाट चलेको बैकिङ व्यवसायलाई खबरदारी गर्ने काम तपाई पत्रकारको हो । तर, धम्काउने, तर्साउने काम पत्रकारको होइन । यो बुझ्न जरुरी अब भएको छ ।

उनीले फेरि भनेः– यो देशमा श्रीमतीले बच्चा पाएपछि पनि श्रीमन्संग डिबोर्स गर्न पाउने कानुन छ के बैंकरले सुविधा लिएर जागिर छाड्न सक्दैनन् ? सक्दछ तर त्यही कुरालाई उल्टो सुल्टो समाचार बनाएर जनताको डिपोजिट भएको बैंकलाई तहसनहस बनाउने गरी समाचार लेख्ने र विज्ञापन माग्ने नालायक (पत्रकारिताको अजिगंर)हरुले अब यस क्षेत्रबाटै अवकास लिनु पर्ने बेला आएको छ । ती बैंकरले दाबी गरे । सचेत भया । राजतिलक साप्ताहिक

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका