जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दशैँ गीत लिङ्गे पिङ सार्वजनिक

दशैँ गीत लिङ्गे पिङ सार्वजनिक

नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत लिङ्गे पिङ सार्वजनिक भएको छ । इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा रवी ओडको नृत्य रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको भिडियोमा रञ्जित पौडेल, रवी ओड, दीपा र दमान्तालाई फिचरिङ गरिएको छ ।

नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ भने पदम क्षेत्री र हेमा मगरले निर्माण गरेका हुन् ।

16885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका