जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२

दशैंमा साढे ९ अर्ब साटियो

नेपाल राष्ट्र बैंकले दशैंमा साढे नौं अर्ब रुपैयाँ बराबरको ुखुद्राु नोट सटही गरेको छ। सुकिला र नयाँ गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो।

५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गरेको हो। यो गत बर्षको भन्दा तीन अर्ब कम हो।

यसपाली नयाँ नोट छापिएर समयमा आइनपुग्दा राष्ट्र बैंकले सटही सीमा घटाएको थियो। साथै नोटलाई जतन गरौं भन्दै सुकिला नोटहरु सटही गरिदिएको थियो। नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको थियो।

ुसीमा घटाएको र सुकिला नोटलाई प्राथमिकतामा राखेका कारण सटहीका लागि यसपाली कम पैसा बाहिर गयोु राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, ुबिस्तारै नोट सटहीलाई निरुत्साहित गर्नु पर्छ।ु

पोहोरजत्तिकै यसपाली पनि ठूला दरका नोट बाहिर गएका छन्। ५०० र १००० दरका ५० अर्ब रुपैयाँ बराबरको नोट बैंकिङ कार्यालयबाट बजारमा गएको उनले जानकारी दिए।

तलबभत्ता, अन्य कारोबारका लागि दसैंमा ठूला नोट अरुबेला भन्दा बढि बजारमा जान्छ। ठूला दरका नोट राष्ट्र बैंक फर्किन २ देखि अढाइ महिना लाग्ने गरेको छ ।

8435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका