जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंक लिमिटेडको ३ अर्ब रकम बराबरको ऋणपत्र

सनराइज बैंक लिमिटेडको ३ अर्ब रकम बराबरको ऋणपत्र

सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिरहेको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ । २०७६/७/२० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा २०७६/७/२४ गते र ढिलोमा २०७६/८/१९ गते सम्म खुल्ला रहेको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६/७/२४ गते सम्ममा पूर्ण बिक्रि भएको बैंकले जनाएको छ ।

सर्वसाधारण निष्कासनको  तर्पmबाट रु.४५३,८२९,००० बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट ९एचष्खबतभ एबिअझभलत० रु.२,५४६,१७१,००० बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्रि भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गर्न सफल भएको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सन्राइज बैंकले पूरा गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

6110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?