जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • केही दिनदेखि कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल..?

केही दिनदेखि कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल..?

कोरोना भाइरसको संक्रमण रोक्ने नाममा लामो समय देखि कष्टकर जीवन बाच्न बाध्य भएका सर्वसाधारण यसबाट मुक्ती पाउने अनेकौं उपायमा लागेका छन् । यसैक्रममा मधेशका कतिपय स्थानमा अन्धविश्वासलाई मलजल पुग्ने गरी पुजा गर्न थालिएको छ ।
स्थानीय स्रोतका अनुसार लगातार लामो लकडाउनका कारण आजित बनेका रौतहटका केही स्थानका महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ का दर्जनौ महिलाहरु आज एकाबिहानै चोखिएर खुला चौरमा पंक्तिबद्ध बसेर सामूहिक पूजा गरेका हुन् ।

कटहरिया वडा ५ का अध्यक्षका प्रत्यासी राजनारायण साहले बिहानैदेखि दुवै वडाका दर्जनौ महिलाहरुले कोरोना भगाउन सामूहिक पुजा गरेको बताए । रौतहटको कटहरियामा मात्र नभई जिल्लाको कैयौं स्थानमा महिलाहरुले पछिलो केही दिनदेखि कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल भइरहेका छन् । त्यसैगरी धनुषा जिल्लाको विभिन्न स्थानमा यतिबेला कोरोना संक्रमण (कोभिड़-१९) लाई ‘कोरोना माई’ अर्थात् कोरोना देवीको संज्ञा दिएर पूजापाठ सुरु गरिएको छ । जनकपुरधाम उप-महानगरपालिका वार्ड ७ को मुसहरी टोल र वार्ड २० देवपुरा रुपैठा भन्ने टोलमा धामी-झाँक्रीसहित पूजापाठ गर्न थालिएकाे हाे ।
‘कोरोना रोग होइन, यो देउता रिसाएर महामारीको रूप लिएको’ भन्दै यतिबेला तराई-मधेशका थुप्रै स्थानहरूमा कोरोना माईको पूजापाठ सुरु गरिएको खबर प्राप्त भएको छ । धनुषाको जनकपुरधाम उप महानगरभित्रै यस्तो अन्धविश्वासमा लागेर मुसहर समुदायहरु आ-आफ्नो टोल र ठाउँमा पूजापाठ गर्दै छन् ।

11485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका