जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ४० करोड

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ४० करोड

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३१ करोड ४५ लाख रुपैयाँ घटेर ६० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३५ करोड १९ लाख रुपैयाँ घटेर ५८ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको ८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५१ करोड रुपैयाँ थियो। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८२ अर्ब २२ करोड रुपैयामा झरेको छ भने कर्जा ५३ अर्ब ९२ करोडबाट घटेर ५० अर्ब १७ करोड रुपैयाँमा झरेको छ।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका