जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इसेवामनि ट्रान्सफर र केएम्ई रेमिटेन्सबीच सम्झौता, हङकङबाट रेमिट्यान्स् पठाउन सकिने

इसेवामनि ट्रान्सफर र केएम्ई रेमिटेन्सबीच सम्झौता, हङकङबाट रेमिट्यान्स् पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी के एम् ई रेमिटेन्स बीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि हङकङमा रहेका  नेपालीहरुले के एम् ई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । के एम्ई रेमिट्यान्स्ले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि शुरु गर्ने छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक–  अजेश कोइराला र के एम ई रेमिटेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका थिए ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताएका थिए ।

4225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?