जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल फाइनान्सको नबिकेको ११ लाख बढी कित्ता हकप्रद सेयर बोलकबोल बिक्री गर्दै

नेपाल फाइनान्सको नबिकेको ११ लाख बढी कित्ता हकप्रद सेयर बोलकबोल बिक्री गर्दै

नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ।

फाइनान्सले उक्त सेयर लिलाम बिक्रीका लागि गत असार १७ गतेबाट २४ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको  थियो । उक्त समय बिक्री नभएको सो सेयर  पुन: बिक्री गर्न लागिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले मूल्य बढाबढ गरी आवेदन दिन सक्नेछन् ।  बोलपत्र आवेदन फारम प्रभु क्यापिटलको केन्द्रीय कार्यालय, फाइनान्सको केन्द्रीय कार्यालय तथा तिनका शाखा कार्यालय र प्रभु बैंक लिमिटेडको शाखा कार्यालय वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी लगायत ठाउँहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिने बताइएको छ।

सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १  हजार कित्ता वा सोभन्दा बढी १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले  जानकारी दिएको छ । शिलबन्दी बोलपत्र  साउन २३ गतेबाट भदौ  ६ गतेसम्म पेश गर्न सकिन्छ ।

यसअघि फाइनान्सले असार १७ गतेबाट आउन २४ गतेसम्म हकप्रद अन्तर्गत संस्थापक समुहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधरण समुहको ३ लाख २ हजार ६९६.०८८ कित्ता सेयरको बिक्री खुलाएको  थियो ।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका