जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा त्तच् प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

यसैगरि बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयन प्रालिसंग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकमहानुभावहरुले क्लव हिमालयन प्रालि फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

7815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका