जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार संचालन हुने भएको हो ।

बीमा समितिबाट यी कम्पनीले असार ८ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए । समितिले यी संस्थालाई १ः०.८५ अनुपातमा मर्जरमा जाने स्वीकृति दिएको थियो । यस्तै, उद्योग वाणिज्य तथा कम्पनी रजिष्ट्रार कार्यालयले असार २३ गते अन्तिम स्वीकृति दिएको थियो ।

अन्तिम स्वीकृति पाएपछि असार २४ गते बसेको संयुक्त मर्जर समितिको निर्णयले साउन १ गतेदेखि एकीकृत कारोबार संचलान गर्ने निर्णय गरेको हो । वैशाख २२ गते यी २ कम्पनीले मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

असार २ गते सम्पन्न विशेष साधारणसभाबाट एक आपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित भएको थियो । हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी छ । एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १८ करोड रूपैयाँ छ ।

मर्जर प्रक्रिया शुरू भएको दिन वैशाख २३ गतेदेखि नै कम्पनीको सेयर कारोबार रोक्का छ ।

2605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका