जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ६ प्रतिशत घट्यो बैंकहरूको आधारदर, कुनबाट ऋण लिँदा सस्तो पर्छ ?

६ प्रतिशत घट्यो बैंकहरूको आधारदर, कुनबाट ऋण लिँदा सस्तो पर्छ ?

बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि कर्जाको ब्याजदर पनि स्वतः घटिरहेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा आधारदर औसत ६ प्रतिशत घटेको हो ।

२०७९ को मंसिरमा बैंकहरूको आधारदर औसत १०.४८ प्रतिशत थियो । यस वर्षको मंसिरमा बैंकहरूको आधारदर औसत ९.९ प्रतिशतमा झरेको छ ।

गत मंसिरको औसत आधारदबाट गत वर्ष २०७९को मंसिरमा कायम औसत आधार दरलाई घटाउँदा बैंकहरूको आधारदर औसत ०.६२ विन्दुले घटेको हो । जसलाई प्रतिशतमा परिणत गर्ने हो भने एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसतमा ६ प्रतिशत घटेको हो ।

एक वर्षको अवधिमा आधारदर धेरै घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रेको ११.७५ प्रतिशत घटेर ९.९१ प्रतिशतमा झरेको छ । यस्तै, प्रभु बैंकको १०.२८ प्रतिशत घटेर ९.९४ प्रतिशतमा झरेको छ ।

यस्तै, सिद्धार्थ बैंकको १०.२५ प्रतिशत घटेर ९.६३ प्रतिशत, सानिमा बैंकको १०.१२ प्रतिशत घटेर ९.५९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.६१ प्रतिशत घटेर ८.२२ प्रतिशत र ग्लोबल आइएमई बैंकको ९.७६प्रतिशत घटेर ९.८ प्रतिशतमा झरेको छ ।

यस्तै, सिटिजन्स बैंकको ७.८० प्रतिशत घटेर १०.३९ प्रतिशत, एनएमबि बैंकको ८.१४ प्रतिशत घटेर ९.८१ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.७१ प्रतिशत घटेर ९.९३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.२९ प्रतिशत घटेर ९.६६ प्रतिशत, एभरेष्ट बैंकको ५.९५ प्रतिशत घटेर ९.३१ प्रतिशत, प्राइम बैंकको ४.९८ प्रतिशत घटेर १०.६८ प्रतिशत र नेपाल बैंकको ४.७३ प्रतिशत घटेर ९.०५ प्रतिशतमा झरेको छ ।

यस्तै, कुमारी बैंकको ३.६६ प्रतिशत घटेर १०.७८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.१८ प्रतिशत घटेर १०.७५ प्रतिशत, एनआईसी एशिया बैंकको १.८३ प्रतिशत घटेर १०.७ प्रतिशत, नबिल बैंकको १.५८ प्रतिशत ९.३ प्रतिशत र हिमालयन बैंकको ०.०१ प्रतिशत घटेर १०.८६ प्रतिशतमा आधारदर झरेको छ ।

तर, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको भने बढेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंक ०.७२ प्रतिशत बढेर ८.३९ प्रतिशत र कृषि विकास बैंकको १.४७ प्रतिशत बढेर १०.३ प्रतिशत आधारदर कायम छ ।

अहिले अधिकांश वाणिज्य बैंकहरूको आधार दर एकल अंकमा छ । एकल अंकमा आधारदर भएका बैंकबाट ऋण लिँदा लागत कम लाग्ने गर्छ । यी बैंकहरूले अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा कम हुन आउँछ । साथै, केही बैंकहरूले आधारदरसँगै प्रिमियम पनि घटाइरहेका छन् ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका