जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति

राष्ट्रिय बीमा संस्थानमा कवि प्रसाद पाठकको पुनर्नियुक्ति भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा थप एक कार्यकालको लागि पुनर्नियुक्ती दिएको हो ।

उनको पहिलो कार्यकाल जेठ ६ गते नै सिकएको थियो । कार्यकाल भित्रै पुनर्नियुक्ति नभए पछि संस्थानबाट विदा भएका थिए । तर सरकारले सोमबार उनैलाई पुनर्नियुक्ति दिने निर्णय गरेको हो । पठकले हिजो नियुक्तिपत्र बुझेर आजैदेखि संस्थानमा हाजिर गरेका छन् ।

थपिएको कार्यकालमा लामो समयदेखि थाति रहेको लेखापरिक्षण तथा साधारणसभाको कामलाई चाढो भन्दा चाँढो सम्पन्न गर्ने पाठकले जानकारी दिए । आन्तिरक रुपमा प्रायः सबै काम सकिसकेकोले केहि समय भित्रै लेखापरिक्षण सम्पन्न हुने उनले प्रतिवद्धता व्यक्त गरे ।

लेखापरिक्षण तथा साधारणसभा सम्पन्न भए सँगै जीवन वीमा व्यवसाय थप विस्तारका लागि काम गर्ने उनले योजना बनाएका छन् । सरकारी स्वामित्वको संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धता व्यक्त गरे ।

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका