जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • माथिल्लो तामाकोसीमा स्थानीयले पाएको सेयर किनबेच गर्न मिल्ने

माथिल्लो तामाकोसीमा स्थानीयले पाएको सेयर किनबेच गर्न मिल्ने

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थानीयले पाएको सेयरको लक इन समय समाप्त भएको छ।

आयोजनाले एक करोड पाँच लाख ९० हजार कित्ता सेयर दोलखाका स्थानीयहरुलाई बाँडफाँट गरेको थियो।

२०७५ कात्तिक १४ गते स्थानीयलाई सेयर बाँडफाँट गरेको मितिले सोमबार तीन वर्ष पुरा भएकोले सेयर फुकुवाका लागि कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेको छ।

उक्त समयमा कम्पनीले सर्वसाधारणको लागि १० करोड ५९ लाख कित्ता सेयर जारी गरेको थियो। त्यसको १० प्रतिशतले हुन आउने एक करोड पाँच लाख ९० हजार कित्ता सेयर दोलखा बासीलाई मात्रै छुट्ट्याइएको थियो। अव उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ।

पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम ९६२ रुपैयाँ र न्युनतम २९० रुपैयाँ रहेको थियो। अन्तिम कारोबार मूल्य भने ६२२ रुपैयाँ रहेको छ।

४५६ मेगावाटको आयोजनाले गत भदौदेखिनै पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ। आयोजनाबाट वार्षिक ९ अर्ब रुपैयाँको विद्युत बिक्रि गर्ने प्रक्षेपण गरिएको छ।

7015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका