जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ५८.१० प्रतिशतले वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ५८.१० प्रतिशतले वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले  चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमाशूलक ५८.१० प्रतिशतले बढेर ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको थियो।

त्यस्तै यस अवधिमा कम्पनीले खुद नाफामा पनि बृद्धि गरेको छ । समिक्षा अवधिमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वषको सोही अवधिमा कम्पनीले ७ करोड ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ३८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११० प्रतिशतले बुद्धि गरेको छ ।

त्यस्तै कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको महा विपत्ति कोषमा २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

4035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका