जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अधिकांश सूचकमा प्रगति

सगरमाथा इन्स्योरेन्सको बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अधिकांश सूचकमा प्रगति

 सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८ ७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा कम्पनीको अधिकांश सुचक बढेका छन् ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ९७ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुलक आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३५ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १ करोड २० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्च गरेको छ । १ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५०करोड ६२ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

6940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?