जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव

सिन्धु विकास बैंकको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव

सिन्धु विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ६ गते शुक्रबार धुलिखेल स्थित मिराबेल रिसोर्टमा सभा गर्ने भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्तावः

१) आ.व. २०७७/०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व.२०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने ।

३) लेखा परिक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने।

4165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका