जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आगामी २६ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

आगामी २६ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले आगामी सातादेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

दशैं तिहारलाई लक्षित गरेर १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैं तिहारमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।

1830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका