जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि

प्रभु इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि

प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र जगेडा कोषमा गिरावट देखिएको छ ।

यस अवधिसम्ममा कम्पनीले २३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ दशमलव ८८ प्रतिशतले बढी हो ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ९४ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ५१ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले कमी हो ।

कम्पनीले यस अवधिमा १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४९ करोड ९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

1265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका